वाणिज्य बैंकहरुमा २३ अर्ब निक्षेप घट्दा कर्जा लगानी पाँच अर्बले बढ्यो, सीडी रेसियो कति ?

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा कात्तिक महिना लागेपछि निक्षेप २३ अर्ब रुपियाँले घट्दा कर्जा लगानी भने पाँच अर्बले बढेको छ ।   

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक ११ गतेसम्म कूल निक्षेप घटेर ४५ खर्ब २४ अर्बमा झरेको छ ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब र असोज महिनामा ४५ खर्ब ४७ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार कात्तिक ११ गतेसम्म कूल कर्जा लगानी बढेर ४२ खर्ब २५ अर्ब पुगेको छ । 

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब र असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो कात्तिक ११ गतेसम्म ८७.५८ प्रतिशत रहेको संघले जनाएको छ । 

Advertisement

Advertisement