भोलिबाट प्रदर्शनमा आउने लाखेले विदेशी फिल्मलाई पनि पछार्छः शाही

Advertisement

काठमाडौं । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरे । 

उनले चलचित्र एकदमै राम्रो बनेको दावी गर्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । 

Advertisement

त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र सोचेको भन्दा पनि राम्रो रहेको बताइन् । उनले चलचित्रले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताइन् । 

चलचित्रमा अनुपविक्रम साही, वर्षा राउत, सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सन्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ । 

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ । चलचित्र शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ ।

Advertisement

Advertisement