पीडित किशोरी नाबालिग नभएको दह्रो प्रमाण पेश गरेका छौंः सन्दीपकी वकिल रिजाल

Advertisement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । 

Advertisement

भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नेछन् । आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन् । उनले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेको बताइन् । 

रिजालले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । रिजालले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको बताइन् । 

अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताइन् । सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भए पनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

Advertisement

Advertisement