निहारिकाको बच्चा र बलात्कार आरोपी श्रेष्ठको डिएनए मिल्यो, अब मुद्दा पुनः अघि बढ्ने

Advertisement

जनकपुर । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको बच्चा र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए परीक्षण मेला खाएको छ । 

लामो समयदेखि न्यायका लागि संघर्ष गर्दै आएकी राजपुतले आफ्नो बच्चा आफूलाई बलात्कार गर्ने श्रेष्ठको भएको भन्दै उनलाई कारवाही गर्न माग गर्दै आएकी थिइन् । न्यायका क्रममा निकै संघर्ष गरेकी उनले दावी गर्दै आएअनुसार परीक्षणमा डिएनए मेल खाएको हो । 

Advertisement

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालत आइपुगेको छ । यही रिपोर्टका आधारमा मुद्दा पुनः अघि बढ्ने छ । निहारिकालाई यसअघि अदालतले न्याय नदिए पनि लामो संघर्षपछि मुद्दा पुनः अघि बढाउन सरकारी पक्ष बाध्य भएको थियो । 

यस सम्वन्धी मुद्दाको पेशी कात्तिक २५ गतेलाई तोकिएको छ । 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट दिएको हो । 

Advertisement

Advertisement