बीस करोड लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ राष्ट्रपतिबाट उद्घाटन

Advertisement

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड रुपियाँ लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ सञ्चालनमा आएको छ । 

सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा हिमालयन शेर्पा फाउन्डेशन निर्माण गरेको उक्त अस्पतालको आज बिहान एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

Advertisement

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरोकारवालाहरुको सहकार्यबाट मात्रै दीगो विकास संभव हुने बताइन् । सरकारले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकताबाट माथी उठेर आमनागरिक सकेको योगदान गर्न सके दीगो र प्रभावकारी विकास संभवन हुने बताइन् । 

फाउण्डेशनले निर्माण गरेको १५ शैयाको हिमालयन शेर्पा अस्पताल उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने आमनागरिकको अधिकारलाई कार्यान्वयन गर्न हिमालयन शेर्पा फाउण्डेशनले निर्माण गरेको अस्पतालले भूमिका खेल्ने विश्वास गरिन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले अस्पतालले खुम्बु पासाङ ल्हमू ३ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । 

पालिका अध्यक्ष मिङमाछिरी शेर्पाले हरेक वडामा अस्पताल संचालनको अवस्थामा पुगेकाले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहका लागि स्थानीय सरकार प्रतिबद्ध र उद्यत रहेको बताए । कार्यक्रममा हिमालयन फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले स्थानीय नागरिकको समस्या र मागको आधारमा अस्पतालको अवधारणा कार्यान्वयनमा आएको जानकारी दिए । 

कार्यक्रममा अस्पताल निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । 

अस्पतालबाट ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा प्रदान गरिनेछ । निशुल्क उपचार सेवा प्रवाह गर्ने लक्ष्य सहित संचालनमा आएको अस्पतालमा अहिले एक जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

लुक्ला र नाम्चेको बिचमा रहेको फाक्दिङमा बनाइएको यो अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्बा गल्जेन शेर्पा हुन् । उनी हिमालयन शेर्पा फाउन्डेसनका अध्यक्ष पनि हुन् ।  

सो ठाउँमा उनले सन् २०१५ मा क्लिनिक स्थापना गरी  निःशुल्क सेवा सुरु गरेको थिए । सन् २०१६ देखि अस्पताल निर्माण कार्य सुरु गरिएको थियो ।

सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड लगानीमा अस्पताल निर्माण

फाउन्डेसनमार्फत सामाजिक कार्यहरु गर्दै आएका उनी पर्यटन व्यवसायी पनि हु्न् । शेर्पाले सन् २०१५ मा भूकम्पमा क्षति भएको दुई हजार ६७२ मिटर उचाइको पेमा चोलिङ गुम्बा, तीन हजार ७९० मिटर उचाइमा रहेको खुम्जुङ गुम्बा र विद्यालयहरु पेमा चोलिङ प्राथमिक विद्यालय, जनसेवा लोअर माध्यमिक विद्यालय पनि पुननिर्माण गरेका थिए । 

हिमालयन शेर्पा अस्पतालमा अहिले एक जना डाक्टरको व्यवस्था गरिएको छ । क्रमसः अरु डाक्टर पनि थप्ने योजना रहेको अस्पतालले जनाएको छ । उनले अस्पतालमा सबै सेवा सुविधाहरु रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्ने बताए । 

Advertisement

Advertisement