तीन करोड ८० लाख राजश्व छलि गर्ने गुप्ता बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले ३ करोड ८० लाख राजश्व चुहावट गर्ने एक जना बिरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले चितवनको भरतपुर महानगरपालिका ३ शहीद चोक स्थित श्री साई राजकुमार गुप्ताका प्रोप्राइटर शौरभ गुप्ता बिरुद्ध शुक्रबार उच्च अदालत पाटन हेटौंडा ईजलासमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

भन्सार छलि गरी मालसमान पैठारी गरी लुकाईछिपाई खरिद बिक्री गरी भन्सार महसुल तथा मूल्य अभिबृद्धि कर छलि गरेको पाइएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

गुप्तालाई ३ करोड ८० लाख ५९ हजार ५ सय २६ रुपियाँ बिगो कायम गरी राजश्व रकमको ब्याज समेत असुलीको माग दाबीसहित अभियोग पत्र दायर गरिएको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 
 

Advertisement

Advertisement