वाणिज्य बैंकहरुमा एक सातामै थपियो २१ अर्ब निक्षेप, कर्जा लगानी एक अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा अघिल्लो साता निक्षेप २१ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी एक अर्ब घटेको छ ।  

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक १८ गतेसम्म निक्षेप बढेर ४५ खर्ब ४५ अर्ब पुगेको छ । कात्तिक ११ गतेसम्म  निक्षेप ४५ खर्ब २४ अर्ब थियो ।   

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब र असोज महिनामा ४५ खर्ब ४७ अर्ब थियो । गत आव आव २०७८र७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार कात्तिक १८ गतेसम्म कूल कर्जा लगानी घटेर ४२ खर्ब २४ अर्बमा झरेको छ । कात्तिक ११ गतेसम्म कूल कर्जा ४२ खर्ब २५ अर्ब थियो । 

Advertisement

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब र असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८७.२१ प्रतिशतमा झरेको छ । कात्तिक ११ गतेसम्म ८७.५८ प्रतिशत रहेको थियो ।