बि एण्ड बि हस्पिटलको सेवा २५औं वर्ष पूरा गर्दै

Advertisement

काठमाडौँ । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५औं वर्ष पूरा गर्दैछ । 

चार दशक वा त्यो भन्दा अघि जब डा. जगदिशलाल वैद्य र डा.अशोककुमार बास्कोटा सेवा गर्न नेपाल फर्किएका थिए । त्यस समयमा गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्धित अवस्थामा थिए । त्यस समयका ठूला चुनौतीहरु (स्वास्थ्य क्षेत्रमा अत्यन्त सामान्य र मध्यम निर्देशनहरुसहित सुरक्षित एवं सही स्वास्थ्य सेवाहरुको अभाव) देखेर यी होनहार युवाद्वयले राष्ट्रको लागि आ–आफ्नो तर्फबाट योगदान गर्ने वातावरण सिर्जना गरे । 

Advertisement

हाल संचालनमा नरहेको शान्त भवन अस्पतालबाट वर्षौंदेखि झाँगिएको दुईको मित्रता ७० शैय्याको काठमाडौं नर्सिङ होममा गरिएको १६ वर्षभन्दा बढीको वर्षौंको सहकार्यबाट परिपक्व बन्न पुग्यो । यस दौरानमा दुवै ‘बि’ ले नेपाली सेना अस्पतालमा पनि (आग्रह गर्दा) केही समय सेवा प्रदान गरे । 

यससंगैं डा. जेएलबिले २० वर्षभन्दा बढी समय शल्यक्रिया प्रमुखको रुपमा काम गरेको नयाँ पाटन अस्पतालको शल्य चिकित्सा सेवाहरुको स्तर एक नयाँ उचाईमा पुग्छन् । यसैगरी डा. एकेबिले सन् १९८५ मा एचआरडिसिको (बाल अस्पताल)  स्थापना नहुँदासम्म आनन्दवन कुष्ठरोग अस्पताल र शीर मेमोरियल अस्पतालमा कयौं वर्षसम्म स्वयम्सेवकको रुपमा काम गरेर आफ्नो विशेज्ञताको पूर्ण रुपमा उपयोग गरेका थिए । एचआरडिसिको स्थापना पश्चात् नेपालमा विपन्न बालबालिकाको व्यापक उपचार सेवा शुरु भएको थियो ।

अढाई दशकभन्दा बढी समयदेखि यी दुई दृढ निश्चयी बि बि ले एकै समयमा दुई काम गरे, जुन आजको दिनमा सुन्न पाइन्न ! टोलीको विकास, कनिष्ठहरुलाई तालीम र सुरक्षित गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उनीहरुको उद्देश्य हो ।  बि एण्ड बि हस्पिटल यी नै दुई अग्रणीहरुको यी सबै सामूहिक अनुभवहरुको पराकाष्ठा हो, जसलाई अस्पतालका सबै कर्मचारीहरुले बा भनेर सम्बोधन गर्दछन् !

बि एण्ड बि हस्पिटल अब एक बहु–विशेषताले भरिएको ऊर्जाशील अस्पताल बनेको छ, जहाँ विभिन्न प्रकारका उपचार सेवाहरु उपलब्ध छन् र यो गुणस्तरीय÷करुणामय उपचारको लागि देशको कुना कुनासम्म प्रसिद्ध छ । स्तरोन्नति गरिएको पूर्वाधार सहितको अस्पतालको एक नयाँ खण्ड अब आम नागरिकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न तम्तयार गरिएको छ । 

विभिन्न प्रकारका मेडिकल एवं सर्जिकल विषयहरुमा डाक्टरहरुको स्नातकोत्तर प्रशिक्षणले निरन्तरता पाइरहेको छ । बि एण्ड बि हस्पिटलका विशेषज्ञ डाक्टरहरुले बनेपा स्थित एचआरडिसि (बाल अस्पताल) मा आवश्यकता अनुसारका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेका छन् र बि एण्ड बि अस्पतालले एचआरडिसिलाई आवश्यक परेको कुनै पनि अतिरिक्त सहयोगहरु प्रदान गर्ने गरेको छ ।

बि एण्ड बि हस्पिटलले यसको सम्बधन रहेको एचआरडिसिसंग मिलेर २०७२ सालको महाभुकम्पको अवस्थामा प्रदान गरिएको उल्लेख्य क्रियाकलापहरु र सेवाहरुले विपत्तिहरुमा आइपर्ने चुनौतीहरुलाई सामना गर्न सक्षम बनाइदिएको छ ।

बैद्य र बास्कोटा (बि एण्ड बि) हस्पिटल परिवार राष्ट्रप्रति गरिएको विगत २५ वर्षको सेवालाई सगर्व प्रतिबिम्बित गर्दछ । डा. जेएल बैद्य र डा. एके बास्कोटाद्वारा बि एण्ड बि हस्पिटललाई आजको अवस्था ल्याइ पु¥याउन बितेको ४ दशकमा गरिएको साहस, दूरदृपष्ट र प्रयासको सह्राहना गर्दछ ।

बि एण्ड बि हप्सिटल ग्वार्को, ललितपुरमा अवस्थित छ ।

Advertisement

Advertisement