सर्वाधिक उचाईमा जोडी नृत्य गरेर कीर्तिमान कायम गर्दै डान्सिङ स्टार्स नेपालका विजेता

Advertisement

काठमाडौं । शेर्पा समुदायकी पहिलो नायिका तथा डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । 

सगरमाथाको पाँच हजार छ सय मिटर उचाईस्थित कालापत्थरमा जोडी नृत्य गरेर कीर्तिमान कायम गर्ने योजनाअनुसार उनीहरु बिहीबार सोलुखुम्बुस्थित खुम्जुङ पुगेका छन् । 

Advertisement

‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ बन्न शेर्पा र गुरुङ कालापत्थर जान लागेका हुन् । शेर्पाले आफू र जेडी तमुले सर्वाधिक उचाईमा जोडी नृत्य गर्न आएको जानकारी दिएन् ।  

उनले आफूहरुले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्ने तयारी गरेको बताइन् । शेर्पा फिल्म्स संघकी अध्यक्ष तथा मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजकसमेत रहेकी शेर्पाले म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

Advertisement

Advertisement