नेपालको हिमाली भेगमा छायांकन भएको इण्डियन चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा

Advertisement

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा छायााकन भएको इण्डियन चलचित्र ‘उचाइ’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सेन्सर बोर्डबाट पास गर्ने क्रममा निकै विवादमा परेको यो चलचित्र अन्ततः आजबाट प्रदर्शनमा ल्याइएको हो । 

यसको अधिकांश छायाँकन नेपालमा भएको जनाइएको छ । यस चलचित्रमा अभिनेता अमिताभ बच्चनले अभिनय गर्ने भनिए पनि उनको उपस्थित थिएन । हिमाली क्षेत्रमा जान बच्चन असमर्थ भएपछि उनको डमी कलाकारलाई प्रयोग गरिएको छ । 

Advertisement

तर मुम्बइमा गरिएको छायांकनमा बच्चनले नै अभिनय गरेका छन् । उचाईको एक महिना छायाँकन स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत नेपालका विभिन्न स्थानमा गरिएको थियो । 

फिल्म छायाङ्कन गर्न भारतबाट दुई सय हाराहारीमा प्राविधिक तथा कलाकार नेपाल आएका थिए भने नेपाली प्राविधिक तथा कलाकारले समेत यसमा सहभागी हुने अवसर पाएका थिए । 

फिल्ममा बच्चनबाहेक, बोमन, अनुपम, नीनासँगै परिणिती चोप्ड्रा, डेनी डेन्जोम्पा, नीना गुप्ता र सारिका हसेनको मुख्य भूमिका रहेको छ ।

Advertisement

Advertisement