खुकुरी रमको उत्पादक ‘दि नेपाल डिष्टिलरिज’ले पायो,आइएसओ ९००१ः२०१५ प्रमाणपत्र

Advertisement

काठमाडौं । मदिराको परिचित ब्राण्ड खुकुरी रमको उत्पादक ‘दि नेपाल डिष्टिलरिज प्रालि’ले आइएसओ ९००१ः२०१५ आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । 

कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वको स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डिएनभीबाट उक्त प्रमाणपत्र प्राप्त गरेको नेपाल डिष्टिलरिजले जनाएको हो । 

Advertisement

कम्पनीले प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फको प्रतिबद्धताको देन भएको बताउँदै यसलाई एउटा कोशेढुंगाको रुपमा चित्रण गर्ने बताएको छ । 

यस कम्पनीबाट खुकुरी ब्राण्डअन्तर्गत खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम, खुकुरी ह्वाइट रम तथा खुकुरी कोरोनेसन रम उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा समेत निर्यात हुने गरेको जनाइएको छ । 

पछिल्लो समय नेपाल डिष्टिलरिजले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड न्यूड भोड्का पनि बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको यो कम्पनी नेपालको पहिलो मदिरा उत्पादक कम्पनीको रुपमा चिनिन्छ । 

Advertisement

Advertisement