‘एल्ब्रस’को सफलतापूर्वक आरोहण गरेर नेपाली तीन दिदीबहिनीले कीर्तिमान बनाए

Advertisement

काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफलतापूर्वक आरोहण गरेर नेपालीका तीन दिदीबहिनीले कीर्तिमान कायम गरेका छन् । विश्व कीर्तिमान कायम गर्ने लक्ष्यका साथ निस्किएका उनीहरुले शनिबार दिउँसो ३ः१५ मा एल्ब्रसको चुचुरोमा टेक्न सफल भएका हुन् । 

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै घरका निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले एल्ब्रसको सफलतापूर्वक आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सले जानकारी दिएको हो । 

Advertisement

सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरिसकेका उनीहरुले विश्वका सातै महादेशका सर्वोच्च शिखरहरु आरोहण गरेर विश्व कीतिमान बनाउने योजनामा छन् । सोही क्रममा एल्ब्रस आरोहण गर्न उनीहरु रुस पुगेका हुन् । 

अब शेर्पा दिदीबहिनीले अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो (५,८९५ मिटर) र अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को आरोहण गर्ने योजना बनाएका छन् । 

माउन्टेन गाइड चतुर तामाङले ११७ औं पटक एल्ब्रस हिमाल चढेका छन् भने अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले एल्ब्रससहित विश्वका सात महादेशका सातमध्ये चार वटा हिमाल आरोहण गर्न सफल भएका छन् । 

Advertisement

Advertisement