गैरआवासीय नेपाली संघले दियो डोटीका भूकम्प पीडितलाई राहत

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघले कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघसँग सहकार्य गरी डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । 

कार्तिक १३ गते राति २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पको कडा धक्काले घर भत्किँदा ६ जनाको मृत्यु, ८ जना घाईते, २८ घरपरिवार विस्थापित भएका थिए । 

Advertisement

जिल्ला विपत व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई साढे तीन लाखभन्दा बढीको राहत सामग्री सहयोग गरेको संघले जनाएको छ । भूकम्प प्रभावित अन्य ठाउँमा पनि राहत सामग्री वितरण गर्ने संघले जनाएको छ । 

Advertisement

Advertisement