​​​​​​​अन्डारराईटरको आखा पछाडि पनि हुनुपर्छ

नयाँ बीमा ऐन आइसक्यो, अब साजन विक हत्याकाण्ड दोहोरिन्नः राजुरमण पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साजन विक हत्याकाण्डले बीमा क्षेत्रलाई ठूलो पाठ सिकाएको भन्दै यस्ता काण्डहर दोहोरिन नदिन नयाँ बीमा ऐनले सहयोग पुग्ने बताएको छ । 

मोटो रकम दाबी भूक्तानी लिने लोभमा विकको हत्या भएपछि बीमासम्वन्धी अनुसन्धानका लागि धेरै बाटो खुलेको प्राधिकरणको भनाई छ । 

Advertisement

प्राधिकरणका निर्देशक साम्बाराज लामिछानेले बीमा क्षेत्रमा यस्ता घट्ना आकस्मिकरुपमा आउनसक्ने भन्दै यस घटनाबाट समग्र बमिा उद्योगले पाठ सिक्नुपर्ने बताए । 

साजन हत्यापछि कसले के भने ?
अहिले सजन विक हत्याको छिनोफानो भइसकोको अवस्था छ । तर पनि बीमा क्षेत्रका लागि यो घट्ना बिर्सिन नसकिने खालको छ । बीमा रकमको लागि विकको हत्यापछि त्यसको जिम्मेवारी लिनेभन्दा पनि अर्कोलाई दोषारोपण गर्न प्रतिस्पर्धा चलेको थियो । 

उक्त बीमाको दावी भुक्तानी तत्कालिन बीमा समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकहरु नै सहभागी भएर हस्तान्तरण गरिएको थियो । तर समितिका अधिकारीहरुले पहिलो चरणमा अभिकर्ताले गलत बीमा गराएको र दोस्रो चरणमा नेपाल पुनर्बीमा कम्पनीले जोखिमांकन राम्रो नगरेकाले घटना घटेको तर्क गरेको थियो । उक्त आरोपलाई नेपाल पुनर्बीमा कम्पनीदेखि अभिकर्तासम्म कसैले स्वीकार गर्न अहिलेसम्म मानेका छैनन् ।  

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरले पनि बीमा गराउने सम्बन्धित कम्पनी तथा नियामक निकाय पनि यसको भागिदार हुने प्रतिक्रिया दिएका थिए । पुनर्बीमा कम्पनीले मात्रै भन्दा पनि सबैले आफ्नो भूमिका पूरा गर्दा काण्डहरु नघट्ने उनको आशय थियो । 

त्यस्तै, पेशागत अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले पनि सधैं अभिकर्तालाई  मात्र दोष दिने भन्दा पनि तत्कालिन बीमा समितिबाट लाइसेन्स दिने र तालिम चाहिं बीमा कम्पनीहरुले दिने गर्दा  दक्ष अभिकर्ता निर्माणमा बाधा पुगेको बताउँदै यस्ता कुरा नसुधारेसम्म बीमा क्षेत्रमा यस्ता घटना दोहोरिने सम्भावना रहेको बताएका थिए ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब नयाँ बीमा ऐनले जोखिमांकनलाई निकै कडा गरेकाले अब साजन बिक हत्याकाण्डहरु नदोरिने दावी गरे । 

उनले भने, ‘अण्डरराइटिङ (जोखिमांकन) भनेको जहिले पनि दुई वटा कुरासँग सम्बन्धित हुन्छ । एउटा भनेको मेडिकल र अर्को फाइनान्सियल अन्डरराइटिङ । विगतमा फाइनान्सियल अन्डरराइटिङमा कमजोरी भएको हो । अब त नयाँ ऐनले सुशासनलाई नै मुख्यरुपमा जोड दिएको छ ।  त्यस्तो हुँदा बीमामा विकृति बढ्ने सम्भावना निकै हदसम्म कम भएको छ ।’ 

एक जना ज्यामीको आयस्रोत कस्तो छ ? अन्डरराइटरलाई थाहा हुनुपर्छ भन्दै पौडेलले अन्डरराइटरको आँखा अगाडी मात्र नभई पछाडी पनि हुनुपर्छ भने । उनले भने, ‘यसको मतलब बीमाको अन्डरराइटिङ त्यति चनोखो हुनुपर्छ भन्ने हो । हामीले अब त नयाँ बीमा ऐन अनुसार अभिकर्ताहरुको संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धिमा ध्यान थालिसकेका छौं ।’ 

Advertisement

Advertisement