देशभर वर्ल्डलिंकका सात लाख इन्टरनेट प्रयोगकर्ता

Advertisement

 
काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो ।

२०५२ भदौ ३० मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको कम्पनीमा हाल पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

Advertisement

देशका ७३ जिल्लामा सेवा पुगिसकेको जनाउँदै कम्पनीले बाँकी दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै सेवा विस्तार गर्ने जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको जनाइएको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

Advertisement

Advertisement