अल्पकालिन आदेश खारेज गर्दै अतिरिक्त शुल्क लिएर विश्वकपको प्रत्यक्ष प्रसारण गर्न छुट

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको अल्पकालिन आदेश खारेज गर्दै शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न टेलिभिजनहरुलाई छुट दिएको छ । 

पाँच दिनपछि कतारमा हुन लागेको फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने वा नहुने बिषयमा अन्योल कायम रहेको बेला सर्वोच्च अदालतले बुधबार यसअघिको अल्पकालिन आदेश खारेज गरेको हो । 

Advertisement

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबलको प्रत्यक्ष देखाउन पाउने भएका छन् ।

नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । उसले यस पटक बढी रकम बुझाउनु परेको भन्दै दर्शकबाट अतिरिक्त शुल्क उठाउने तयारी गरेपछि दुई जना कानुन व्यवसायीले मुद्दा दायर गरेका थिए । दर्शक तथा उपभोक्ता अधिकारवादीहरुले भने विश्वकप फुटवल निःशुल्क हेर्न पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । 

Advertisement

Advertisement