छिरिङ शेर्पा र जेडी तमुले सबैभन्दा धेरै उचाईमा जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरे

Advertisement

काठमाडौं । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । 

उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । 

Advertisement

छिरिङ भने, ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ बन्न सफल भएका छौं । म र जेडी तमुले सर्वाधिक उचाईमा जोडी नृत्य गरेको साक्षीका लागि खुम्बु पासाङ ल्हामुका अध्यक्ष लक्ष्मण अधिकारी साथमा हुनुहुन्थ्यो ।’ 

आफूहरुले नेपाल र नेपालको पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्देश्यले जातजातिहरुः राई, मगर, लिम्बु, शेर्पा, तामाङ, गुरुङ साथै मारुनी नृत्यलाई मिलाएर गीतमा प्रस्तुती गरेकी उनले बताइन् । 

शेर्पा समुदायकी पहिलो नायिकासमेत रहेकी उनले आफूहरुले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्न सफल भएको बताइन् । 

शेर्पा फिल्म्स संघकी अध्यक्ष तथा मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजकसमेत रहेकी शेर्पाले म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

Advertisement

Advertisement