सन् २०२३ भित्र नेपालमा २०–२२ वटा पाँच तारे होटलहरु संचालनमा आउँदै

Advertisement

काठमाडौं । हाल नेपालभरी पाँच तारे होटलहरुको संख्या १८ वटा रहेको छ । अबको एक डेढ वर्ष भित्र २० देखि २२ वटा पाँच तारे होटलहरु थपिने भएको होटल संघ नेपाल (हान)का उपाध्यक्ष विनायक साह बताउँछन् । 

उनले सन् २०२३ भित्रै यी होटलहरु सञ्चालनमा आउने आंकलन आफूहरुको रहेको बताए । साहले नेपालमा एकपछि अर्को नयाँ होटलहरु सञ्चालनमा आउन थाले पनि त्योअनुसार विदेशी पर्यटन भने ल्याउन नसकिएको स्वीकार गरे । 

Advertisement

उनले थपे, ‘होटलहरु मात्रै थपिएर के गर्नु ? पर्यटन क्षेत्रको पूर्वशर्तको रुपमा रहने पूर्वाधारहरुः विमानस्थल, सडक सञ्जाल, यातायातको राम्रो व्यवस्थापन छैन् । यस्तो कुरामा राज्यको ध्यान नानुपर्ने हो । किनभने होटलहरु ठूलठूलो लगानी भएर खुलेको हुन्छ । त्योअनुसार पर्यटनहरु आउनेसक्ने पूर्वाधार तयार गरिएन भने त्यसको भएको लगानी जोखिममा पर्छ । होटलहरु जोखिममा पर्नु भनेको बैंकिङ र समग्र आर्थिक क्षेत्रलाई नकारात्मक असर पर्नु हो ।’

साहले अहिलेको विमानस्थलबाट धेरै पर्यटन ल्याउनसक्ने अवस्था नरहेको पनि बताए । उनले थपे, ‘अर्को कुरा भारत र चीन जोड्ने बाटो राम्रो छैन् । जबसम्म यो बाटो बन्दैन, हामीले धेरै पर्यटकहरु ल्याउन सक्दैनौं । नेपालको पर्यटनको सबैभन्दा ठूलो बजार भनेको छिमेकी देशहरु हुन् ।’ 

उनले सरकारले पर्यटन पूर्वाधारमा ध्यान नदिने हो भने निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको ठूलो लगानी अवरुद्ध हुने बताए । पर्यटन ल्याइसकेपछि त्यहीअनुसारको स्तरीय सेवा सुविधा पनि दिनसक्नुपर्ने साहले बताए । 

पर्यटन विभागका निर्देशक सूर्य उपाध्यायले नयाँ होटल थपिने क्रम बढेको बताए । उनले होटल व्यवसायी पनि उत्साहित रहेको बताउँदै कोरोना महामारीले ठूला होटलहरुको निर्माण बीचमा रोक्किए पनि अहिले सुचारु भएको बताए ।  

पर्यटन विभागको तथ्यांकअनुसार नेपालभरी नै एक तारेदेखि पाँच तारे होटलहरुको संख्या १६२ वटा छ । नेपालको पहिलो पाँच तारे डिलक्स होटल झापास्थित ‘होटल मेची क्राउन’ रहेको छ ।

Advertisement

Advertisement