कृषि विकास बैंकको फरक विशेषताको मुद्दती योजना, बीस गुणासम्म प्रतिफल पाइने

Advertisement

काठमाडौं । कृषि विकास बैंकले फरक विशेषताको ‘छोरा छोरी जीवन सम्मुन्नत खाता’ सञ्चालन गरेको छ । यस खातामा २० बर्षसम्म रकम मुद्दती गर्दा २० गुणासम्म प्रतिफल पाउन सकिने भन्दै बैंकले यसमा आकर्षण बढ्दै गएको बताएको छ । 

यस योजनामा समावेश हुन न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको खाता खोल्नुपर्ने हुन्छ । ग्राहकले पाँच वर्षको फरकमा ‘छोरा छोरी जीवन सम्मुन्नत खाता’ खोल्न सक्नेछन् । 

Advertisement

यस खाताको न्यूनतम पाँच हजार रुपियाँदेखि धेरै बचत गर्न सकिने छ । बैंकले यस खाताका लागि बेग्लै लेखा कोडको व्यवस्था पनि गरेको छ । आफ्ना नाबालक छोराछोरी, धर्मपुत्र धर्मपुत्री तथा स्थानीय निकायको सिफारिसको आधारमा अभिभावकले पालन पोषण गरेका बालबालिका समेत सहभागी हुन पाउने यस योजनामा बैंकले तोकेको ब्याजदर कायम हुने र ग्राहकको खाता एक महिना तथा तीन महिनामा पुँँजीकरण हुँदै जान्छ । 

खाता खोल्दा तय भएको ब्याजदर मुद्दती खाताको समयावधिसम्म अपरिवर्तनीय हुने कृषि विकास बैंकको भनाई छ । सावाँ भुक्तानी खातामा ब्याज पुँजीकरण भई आउने रकमलाई गुणांकमा हिसाब गरी भुक्तानी मिति निर्धारण भुक्तानी हुने कृषि विकास बैंकको भनाई छ । 

यो खाता जन्मेदेखि १८ वर्षसम्म उमेरकाले खोल्न सक्नेछन् । ‘छोरा छोरी जीवन सम्मुन्नत खाता’मा बैंकले १२ दशमलव १३३ प्रतिशतका दरले आकर्षक ब्याजदर प्रदान गर्नेछ । अहिले राखेको पैसा मासिक पुँजीकरण हुने र सोही रकममा व्याज समेत बढने हुन्छ । 

बैंकले अन्य बैंकको तुलनामा छोरीहरुको भविष्य राम्रो हुने किसिमले आकर्षक योजना संचालन गरेको जनाएको छ । बैंकका एक कर्मचारीले भने, ‘ग्राहकले जम्मा गरेको रकमको अन्तिम दिनसम्मको रकमको ९० प्रतिशतसम्म कर्जा पनि पाउनुहुन्छ । एउटा निवेदनको आधारमा कर्जा पाउनु भनेको ग्राहकका लागि ठूलै सुविधा हो ।’  

Advertisement

Advertisement