वाणिज्य बैंकहरुमा १६ अर्ब निक्षेप थपियो, कात्तिक महिनामा दुई अर्बले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा कात्तिक महिनामा समग्रमा १६ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी दुई अर्ब बढेको छ ।  

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक ३० गतेसम्म  निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ । कात्तिक २५ गतेसम्म निक्षेप ४५ खर्ब ४६ अर्ब थियो ।   

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब र असोज महिनामा ४५ खर्ब ४७ अर्ब थियो । गत आव आव २०७८÷७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार कात्तिक महिनामा कर्जा लगानी बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ । कात्तिक २५ गतेसम्म पनि कूल कर्जा ४२ खर्ब २२ अर्ब नै थियो ।  

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब र असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८७.१९ प्रतिशतमा झरेको छ । 

Advertisement

Advertisement