अब बीमा कम्पनीको सीईओ वा एक प्रतिशतभन्दा बढीको शेयरधनी बन्न प्रहरी रिर्पोट चाहिने

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको सीईओ तथा एक प्रतिशतभन्दा हिस्साको शेयरधनी बन्न प्रहरीको रिपोर्ट चाहिने व्यवस्था गरेको छ । 

प्राधिकरले जारी गरेको नयाँ निर्देशनमा सीईओ र ठूलो शेयरधनीमाथि कडाई गरेको हो । अब कुनै पनि बीमा कम्पनीको सञ्चालक वा सीईओ बन्न पुलिस रिर्पोट अपरिहार्य हुने भएको छ । 

Advertisement

प्राधिकरणले यस निर्देशनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्न सहयोग गर्ने विश्वास लिएको छ । तर यस बीमा क्षेत्रका प्रवर्द्धक तथा उच्च व्यवस्थापकहरुले भने प्राधिकरणको निर्देशनले बीमा क्षेत्रमा लगानी गर्न चाहाने र काम गर्न चाहानेलाई निरुत्साहित बनाउने भन्दै चिन्ता प्रकट गरेका छन् ।  

यससँगै, बीमा कम्पनीहरुले २५ लाख रुपियाँभन्दा माथिका बीमालेखका लागि बीमितहरुको हितग्राहीको नाता प्रमाणित हुने कागजात (डिम्याट) समेत बुझाउनु पर्ने भएको छ । आगामी दिनमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित तालिमहरुको संख्या बढाउने बीमा प्राधिकरणले जनाएको छ । 

Advertisement

Advertisement