राजश्व संकलन ७२ प्रतिशत मात्रै भएको छ, हामी कठिन अवस्थामा छौंः राजश्व सचिव

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगालले कर प्रशासनका कर्मचारीहरु मात्रै नभई उद्योगी व्यवसायी र आम जनताले पनि सामुहिक रुपमा चिन्ता गर्नुपर्ने स्थिति रहेको बताएका छन् । 

कर सप्ताहको अन्तिम बुधबार उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा उनले सरकारको वित्तिय स्रोतको अत्यन्तै महत्वपूर्ण अंश राजश्व संकलनको विषय कठिन अवस्थामा रहेको बताए । दंगालले चालु वर्ष सरकारले लिएको राजश्व लक्ष्य ८९ प्रतिशत मात्रै आन्तरिक राजश्वतर्फ संकलन भएको बताए । 

Advertisement

उनले पछिल्लो चार महिनामा ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको बताए । दंगालले गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले राजश्व संकलनमा संकुचन आएको बताए । उनले भने, ‘समग्रमा ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । जबकी गत वर्ष राजश्व संकलनको तुलनामा हामी ३० प्रतिशतको ग्रोथको लक्ष्य राख्दा अहिलेको यथार्थ राजश्व संकलन गत वर्षको भन्दा २० प्रतिशतले संकुचन आएको छ । इतिहासको कठिन घडीमा हामी उपस्थित भएका छौँ । यसले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिन्छ ।’ 

Advertisement

Advertisement