पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने  संस्था बन्यो मनकामना दर्शन प्रालि

Advertisement

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत  आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

Advertisement

बिस २०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ । 

यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवलकार प्रालिले करीब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनी गर्न लागेको जनाएको छ ।  
 

Advertisement

Advertisement