गरिमा विकास बैंक १६औं वर्षमा प्रवेशः क्रेडिट कार्ड सेवा शुभारम्भ

Advertisement

काठमाडौं । गरिमा विकास बैंक आजदेखि आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ । 

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको छ । 

Advertisement

हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ । 

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यो वर्ष पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । 

रक्तदान कार्यक्रमः
यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ । यस विकास बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ । 

क्रेडिट कार्डको शुभारम्भः 
बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको जनाएको छ ।
 

Advertisement

Advertisement