आज (मंसिर ८)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको ८ गते बिहीबार, मंसिर शुक्लपक्षको प्रतिपदा तिथि । आज स्वयंसेवक दिवस रहेको छ । 

मेष 
मिहिनेत अनुसारको प्रतिफल मिल्ने छैन् तर पनि मनमा दृढता कायम नै रहने छ । परिवारमा समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । तर बोलीमा भने अलि कडापन आउने भएकाले संयमित रहनु होला । समय धेरै अनुकुल बन्न नसकेकाले संघर्ष धेरै गर्नु पर्ने छ । पेशा ब्यावसायमा मध्यम समय रहने छ । शेयर बजार अनुकुल रहेको छ ।

Advertisement

वृष 
सुखद् समाचार प्राप्त हुने छ । दृढ ब्यक्तित्व हुने छ । मेहनत र पराक्रमी कार्यमा मन लाग्ने छ । जसका कारण अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन र ब्यवसायमा सकारात्मक अवस्था रहेको छ । साझेदारीमा गरिएका कामहरुमा भने केही अन्योलता देखा पर्ने भएकाले ध्यान दिनु होला । शेयर बजार क्षेत्र अनुकुल रहने छ । 

मिथुन 
बोलीको प्रभावले गर्दा अरुको मन सहजै जीत्न सकिने छ । परिवारमा प्रेम, शितलता र शान्ति सृजना हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा हुने साथले दृढता विकास हुने छ । तर रिस छिटो छिटो उठ्ने भएकाले संयमित हुनु होला । दृढताको अभाव हुने छ भने आत्मबलमा पनि केही कमि आउने छ । शेयर बजार भने अनुकुल रहने छैन् । 

कर्कट
प्रेममा सफलता मिल्ने छ । नरम खाले ब्यक्तित्व बन्ने छ । मनमा दृढता आउने छ । पेशागत जीवनमा भने कठिनाईको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा केही कडापनको विकास भएता पनि एकअर्कामा साथ पाइने छ । भाग्यहिनताको अभाष भइरहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

सिंह
जोखिमपूर्ण कदमबाट लाभ मिल्ने छ । कर्मप्रति केन्द्रित हुने समय रहेको छ । कार्यालयका कामहरुमा मन लाग्ने छ । ब्यवसायमा पनि एक हदसम्मको सकारात्मकता देखिन्छ । निर्णय क्षमतामा भने केही ह्रास आउने भएकाले ध्यान दिनु होला । साझेदारीमा गरएका कामहरुमा अबरोधहरु आउने छन् । शेयर बजार अनुकुल बन्ने छ । 

कन्या
आर्थिक आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय सकारात्मक बन्न पुगेको छ । पेशागत जीवनमा केही अवरोधहरु आउने छन्, बादबिबाद हुने देखिएकाले संयमित रहनु नै उपयुक्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा टकराव उत्पन्न हुने छ । शेयर बजार हल्का सकारात्मक बन्ने छ ।  तर्फ ढल्केको छ ।

तुला 
चालेका कदममा सफलता प्राप्त हुने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । जीवनसाथि र परिवारका सदस्यहरुको साथले भाग्योदय हुने भएकाले उनीहरुको साथ लिएर काम गर्नु भएमा सफलता प्राप्त हुने छ । नेतत्व क्षमतामा भने गिरावट आउने भएकाले अरुले हेप्ने छन् । अन्योल खाले ब्यक्तित्व हुन जाने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
भाग्यको साथ छैन् । आफैले विश्वास गरेकाहरुबाट धोका हुने छ । भविष्यको चिन्ताले आवश्यकता भन्दा बढि चिन्ता बढाई दिने भएकाले वर्तमानलाई बलियो बनाउनेतर्फ ध्यान दिनु होला । शारीरिक कमजोरी देखा पर्ने छ । मनोबलको कमि हुन जाने भएकाले दृढताको अभाव हुने छ । शेयर बजार औसत रहने छ । 

धनु 
मनमा खिन्नता आउने छ । सकारात्मकभन्दा नकारात्मक विचारले घेर्ने छ । चिसोले अत्याधिक सताउने भएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने र बादबिबाद चर्किने छ । साझेदारीमा गरिएका कामहरुमा पनि भनाभन हुने छ । काम गरेको ठाउँमा ज्याला वा तलब पाउन कठिनाई हुने छ । शेयर बजारमा आंशिक फाइदा मिल्ने छ । 

मकर 
प्राप्त उपलब्धी प्रति गौरव हुने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा भने केही गिरावट आउने छ । दृढ खाले ब्यक्ति हुनुका साथै रिस धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु पर्ने छ । परिवारमा मिलन हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कुम्भ 
समस्याका चाङ्गहरु क्रमशः पन्छिदै जाने छन् । मनमा दृढता आउने छ । नयाँ नयाँ मानिसको मन जीत्न सकिने छ । आम्दानीमा पनि बृद्धि हुने भएकाले केही सन्तोष मिल्ने छ । बौद्धिकतामा पनि सकारात्मक दिशा प्राप्त हुने छ । उद्योग ब्यवसायमा श्रम समस्यासँग जुध्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
बौद्धिक क्षतामा बृद्धि हुने छ । चलायमान दिमाग हुने छ । मनोवलमा बृद्धि हुँदा नयाँ नयाँ क्षेत्रमा हात हाल्ने सोच आउने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । भाग्यको बलियो साथ नभएकाले मेहनत अनुसारको प्रतिफल भने कम नै आउने छ । प्रेममा सफलता मिल्न कठिन हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement