शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशतले लाभांश दिने घोषणा गरेको छ । 

बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा सीईओ प्रकाश पौडेलले जनाएका छन् । 

Advertisement

आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत लाभांश प्रस्ताव गरिएको हो । बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement