यूनाइटेड इदीमर्दी हाइड्रोले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । यूनाइटेड इदीमर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव निरज पौड्यालले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न मंसिर २८ गते १३औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत भएको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज गरिने निर्णय भएको समेत कम्पनी सचिव पौड्यालले जनाएका छन् ।  
 

Advertisement

Advertisement