मुस्ताङमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालन पछि अब ठमेलमा ‘होटल लो मुस्ताङ’को पालो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष सोनाम लामाले काठमाडौंको पर्यकीय क्षेत्र ठमेलमा चार तारेस्तरको बुटिक होटल ‘होटल लो मुस्ताङ’ सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेका छन् । 

मुस्ताङको मुक्तिनाथमा ‘मुस्ताङ हिमालयन रिसोर्ट’ निर्माण गरेर केही दिनअघि राष्ट्रपति विद्या भण्डारीमार्फत उद्घाटन गराएका उनले ठमेलमा पनि झण्डै दुई अर्ब लगानीमा होटल निर्माण सम्पन्न गर्न लागेका हुन् । मुस्ताङको रिसोर्टको गत कात्तिक १८ गते उद्घाटन गरिएको हो । 

Advertisement

ठमेलको बुटिक होटलमा एक सय रुम रहेको लामाले बताए । उनले मुस्ताङको रिसोर्ट र ठमेलको बुटिक होटलको निर्माण कार्य सँगै सुरु भएको बताउँदै ठमेलको होटल पनि चाँडै औपचारिक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । 

लामाका अनुसार सन् २०१४ बाट दुवैको बुटिक अवधारणामा निर्माण सुरु गरिएको थियो । ठमेलको बुटिक होटलको पनि निर्माण कार्य सम्पन्न भइसकेको र सञ्चालनमा आउन मात्रै बाँकी रहेको बताउँदै उनले ठमेलको होटल आउँदो मार्चदेखि पूर्णरुपमा सञ्चालन गर्ने बताए । 

लामाले भने, ‘सात वर्ष अघिदेखि निर्माण सुरू गरिए पनि विविध कारणले ढिलाइ भएको हो । अब भने ढिलाई हुन्न ।’ होटलमा नेपाली मौलिकता देखाउने उद्देश्यका साथ मुक्तिनाथ र ठमेलको होटल एकै प्रकारको बनाएका उनले बताए । ठमेलको होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पछि एक सय भन्दा बढी कर्मचारी हुने लामाले बताए । 

किन होटल क्षेत्रमा लगानी गरे लामाले ? 
म सन् १९९४ मा अमेरिका गएको हो । धेरै बर्ष गैरआवासीय नेपाली संघमा रहेर  पनि काम गरें, देशको लागि, विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्न, उनीहरुको पुँजी, अनुभव, सीप स्वदेशमा भित्राउन । आफ्नो मुलुकका लागि 
 केही गर्नुपर्छ भनेर म बढी नेपालमै केन्द्रीत पनि भइरहेको छु । ठमेलमा मैले जग्गा लिएको धेरै वर्ष भइसक्यो । ठमेलमा त्यति धेरै बुटिक होटलहरु छैन् । पर्यटकहरुको लागि गेस्ट हाउस्, होटलहरु धेरै मात्रामा छ । तर बुटिक होटल धेरै छैन् । त्यसैले मैले ठमेलमा बौद्ध धर्म र लो मुस्ताङ खालको बुटिक होटल निर्माण गरेका हुँ । 

करिब दुई अर्ब लगानीमा निर्माण गरिएको ‘होटल लो मुस्ताङ’ सञ्चालनमा ल्याउन लागेको हुँ । यो होटल ४० आना क्षेत्रफलमा फैलिएको छ । ठमेलबाट भित्र आउँदा भिन्न देख्छ । तर हाम्रो होटलको माथिबाट दृश्य एक्दम राम्रो देखिन्छ जुन हामी ठमेलमा बसेको भन्दा भिन्न महशुस हुन्छ पर्यटकहरुलाई । 

होटलबाट ३६० भ्यू देखिन्छ, स्वयम्भूनाथ मन्दिर एक्दम राम्रो देखिन्छ । नर्सिङ चोकभित्र यो जग्गा लिएको धेरै वर्ष भयो । ठमेल क्षेत्रलाई अलि परिवर्तन गर्नका लागि पनि निर्माण गरिएको हो यो । ठमेल क्षेत्रमा भएको होटलहरु भन्दा मेरो बुटिक होटल फरक छ । हिमालयन, तिब्बती, बौद्ध धम खालको होटल र लो मुस्ताङको अवधारणा लिएर आएको छु । आर्टहरु राखेका छौं होटल भित्र, रुमहरुमा । चार तारे स्तरको बुटिक होटल हो यो । सुइट, प्रेसिडेन्ट र टुइन गरी ८८ वटा जति रुमहरु बनाएका छौं । 

ठमेल क्षेत्रमा पार्किङ छैन् । हाम्रो होटलमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था गरेका छौं । १९ वटा गाडी र करिब ४० वटा मोटरसाइकल अटाउने पार्किङको व्यवस्था छ । 

लो मुस्ताङ भनेको अलिकति शान्त ठाउँ हो । त्यही भएर मैले ठमेलमा लो मुस्ताङ भनेर होटलको नाम राखेको हुँ । हाम्रो होटल भित्र पर्यटकहरु भित्रिएपछि लो मुस्ताङको अनुभव हुन्छ । मैले एनआरएनएमा करिब १३ वर्ष जति काम गरिसकेको छु । मेरो आफ्नै सोचले मुस्ताङ र ठमेलमा यस्तो होटल निर्माण गरेको हो । 

Advertisement

Advertisement