शेयर बजार दोहोरो अंकले बढ्योः कारोबार रकम भने एक अर्ब पनि पुगेन

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब पनि पुग्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.५६ अंकले बढेको हो । ०.६० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९३३.५५ अंकमा उक्लिएको छ । 

Advertisement

आज २३२ कम्पनीको २५ लाख ६९ हजार २ सय २९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३ सय ८०.४५ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.८३ प्रतिशत नाफा कमाएका छन् भने किसान लघुवित्तका लगानीकर्ताले २.८९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ७ करोड ६२ लाख ४८ हजार ४ सय १ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

चुनावपछि गत मंगलबार बजार खुलेको हो । मंगलबार र बुधबार दुबै दिन बजार ओरालो झरेको थियो । मंगलबार ७.१३ अंकले बजार घट्दा १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७ सय ७९.६५ रुपियाँ र हिजो बुधबार ७.७२ अंकले बजार ओरालो झर्दा १ अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२.८३ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement