गैरआवासीय नेपाली संघले पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना गर्ने सम्झौता भएको छ । 

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको निमार्णधीन भवनमा २० लाख रुपियाँ खर्चिएर ब्लड कोल्ड रुम निर्माण गर्न लागिएको हो । एनआरएनए जापान र रेडक्रस सोसाइटी कास्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको संघले जनाएको छ । 

Advertisement

बिरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य रुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको जनाइएको छ । 

संघले देशका अन्य शहरमा पनि यस्ता कोल्ड रुम आवश्यक रहेको भन्दै त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएको छ । 

Advertisement

Advertisement