अब सबै अभिकर्ताको परीक्षा लिइने,  पूर्णाङ्क १००, ५० ल्याए पास, नत्र फेल

Advertisement

काठमाडौं । अब सबै बीमा अभिकर्ताले परीक्षा दिनुपर्ने भएको छ । सय पूर्णाङ्कको परीक्षामा ५० अंक ल्याए पास भएर कुनै एक कम्पनीको मात्रै अभिकर्ता हुन सकिने छ । त्यति ल्याउन नसक्नेहरु अभिकर्ता पेशाबाट बिदा हुनुपर्नेछ । 

नेपाल बीमा प्राधिकरणले सबै अभिकर्ताको अनिवार्य परीक्षा लिन  लगाउन लागेको हो । यस्तो परीक्षा प्राधिकरणले नभई कम्पनीहरुले लिने छन् । परीक्षा उत्रिर्णहरुले मात्रै लाइसेन्स पाउने र पाएको लाइसेन्स नवीकरण गर्न पाउने छन् । प्राधिकरणले नयाँ तथा पूराना दुवै अभिकर्ताहरुको हकमा अनिवार्य परीक्षाको व्यवस्था गरेपछि पूरानाहरु रुष्ट भएका छन् । 

Advertisement

कस्ता छन् शर्तहरु ? 
परीक्षासम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शीता कायम गर्नु पर्नेछ । 

परीक्षाको अंकभार सय तथा उत्रिर्णाङ्क ५० हुनेछ । प्रश्नहरु वस्तुगत हुनुपर्ने छ । प्रत्येक प्रश्नको अंकभार दुई कायम गर्नु पर्नेछ ।
 
परीक्षा उत्रिर्ण गरेको प्राप्तांक सहितको प्रमाणपत्र जारी गर्नुपर्नेछ । परीक्षासम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ । परीक्षासम्बन्धी सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्नेछ ।

Advertisement

Advertisement