वाणिज्य बैंकहरुमा चुनावअघिको दुई दिनमै पाँच अर्ब निक्षेप घट्यो, सीडी रेसियो कति ?

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा दुई दिनमै पाँच अर्ब निक्षेप घटेको छ । मंसिर महिना शुरु भए पछिको दुई दिनमा निक्षेप घट्दा कर्जा लगानी समेत ३ अर्ब घटेको छ ।  

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर महिनाको २ गतेसम्मे निक्षेप घटेर ४५ खर्ब ५८ अर्बमा झरेको छ ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब, असोज महिनामा ४५ खर्ब ४७ अर्ब र कात्तिक महिनासम्म निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार मंसिर २ गतेसम्म कर्जा लगानी घटेर ४२ खर्ब १९ अर्बमा झरेको छ ।   

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब,  असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब र कात्तिक महिनामा बढेर ४२ खर्ब २२ अर्ब पुगेको थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.९१ प्रतिशतमा झरेको छ । कात्तिक मसान्तसम्म सीडी रेसियो ८७.१९ प्रतिशत थियो ।  

Advertisement

Advertisement