गणतन्त्रका सुत्रधार सिटौला राजसंस्था र हिन्दुराज्य पक्षधर लिङदेनसँग पराजित

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।

सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेस नेता कृष्ण सिटौलालाई तीन हजार २७६ मतान्तरले पराजित गर्दै लिङ्देन निर्वाचित भएका हुन् ।

Advertisement

लिङ्देनले ४० हजार ६४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् । सिटौला १२ बुँदे दिल्ली सम्झौता र गणतन्त्रको सुत्रधारमध्येका एक मानिन्छन् । साथै, उनी भारतीय राष्ट्रिय कंग्रेसका विश्वासपात्रको रुपमा पनि चिन्छिन् । नरेन्द्र मोदीको उदयपछि भारतीय राष्ट्रिय कंग्रेस अहिले निकै कमजोर अवस्थामा पुगेको छ । लिङदेन भने संवैधानिक राजसंस्था र हिन्दुराज्य पक्षधर नेता हुन् ।  

Advertisement

Advertisement