९३ करोड १० लाख रुपियाँको आईपीओ आउने, सेबोनबाट पाँच कम्पनीले पाए अनुमति

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकसाथ ५ वटा हाइड्रो पावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । सेबोनले ९३ करोड १० लाख ५८ हजार रुपियाँ बराबरको ९३ लाख १० हजार ५ सय ८० कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो । 

एशियन हाइड्रोपावर लिमिटेड, सुपरमाई हाइड्रोपावर लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, मायाखोला हाइड्रो र शुभम पावरले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सेबोनबाट अनुमति पाएका हुन् ।   

Advertisement

एशियन हाइड्रो ११ करोड ८० लाख रुपियाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । यसअघि नै कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

त्यसैगरी सुपरमाई हाइड्रो १० करोड रुपियाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । उक्त कम्पनीले यसअघि नै सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

यता, सुपर मादी हाइड्रो ३१ करोड ५० लाख रुपियाँ बराबरको ३१ लाख ५० हजार  कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले यसअघि नै सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

त्यसैगरी मायाखोला हाइड्रो ३४ करोड रुपियाँ बराबरको ३४ लाख  कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

यसैबीच शुभम पावरले पनि ५ करोड ८० लाख ५८ हजार रुपियाँ बराबरको ५ लाख ८० हजार ५ सय ८०  कित्ता शेयर निष्काशनको अनुमति पाएको छ ।  कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको सेबोनले जनाएको छ । 

Advertisement