युवा तथा खेलकुदमन्त्रीलाई हराएर बाँके– १ बाट एमालेका ढकाल विजयी

Advertisement

काठमाडौं । बाँकेको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सूर्य ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई हराउँदै उनी विजयी भएका हुन् । 

गहतराज हालका युवा तथा खेलकुदमन्त्री पनि हुन् । ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९ हजार ६३२ मत ल्याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेश चौधरीले ११ हजार ४६५ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत ल्याए । 

Advertisement

Advertisement

Advertisement