एमाले र माओवादीको खिचातानीमा परेका स्वतन्त्र उम्मेदवार प्रभु साह रौतहट– ३ बाट विजयी

Advertisement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको खिचातानी परेका कारण स्वतन्त्ररुपमा उम्मेदवारी दिएका प्रभु साह विजयी भएका छन् । उनले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा विजयी भएका हुन् । 

साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई सात हजार २३७ मतान्तरले हराए । साहले ३२ हजार ४३७ मत पाउँदा जयसवालले २५ हजार दुई मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले तीन हजार ६५८ मत पाए ।

Advertisement

Advertisement

Advertisement