राप्रपा र स्वतन्त्र पार्टी उदायपछि प्रचण्डको प्रतिक्रिया– देश अप्ठ्यारोमा पर्नसक्छ, सचेत हौं

Advertisement

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी पुष्पकमल दाहालले देश अप्ठ्यारोमा पर्नसक्ने अवस्था आएको तर्क गरेका छन् । 

शुक्रबार गोरखामा आयोजित धन्यवाद सभामा उनले राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयतिर संकेत गर्दै देश अप्ठ्यारोमा पर्नसक्ने अवस्था आएको भन्दै राजनीतिक नेतृत्व सचेत हुनुपर्ने तर्क गरेका हुन् । उनले जनतामा त्रास देखाएर फेरि पनि आफूहरु नै राजनीतिमा हावी हुन खोजेको संकेत देखिन्छ । 

Advertisement

दाहालले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेग र भावावेशमा मानिसलाई भ्रमित पार्ने काम भएको आरोप लगाउँदै यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताए । 

उनले भने, ‘यो निर्वाचनका क्रममा विचार, सिद्धान्त, मुद्दा, एजेन्डा जे भनिन्छ, एजेन्डा होइन एउटा आवगेमा देशलाई, भावावेशमा मानिसलाई कहीं न कहीं भ्रमित पर्ने संकेतहरु देखा परे ।’

नेता दाहालले संविधानले व्यवस्था गरेको कुराहरु उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको भन्दै थपे, ‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन् । यो हाम्रा लागि चुनौती हो । राजनितिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडे ती दलहरुलाई चुनौती हो ।’

नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने दाहालको तर्क छ । उनले भने, ‘अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि छैन । तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतमा समर्पित नीति, योजना र कार्यक्रम लिएर अघि नआउने हो भने देश अप्ठेरोमा पर्न सक्छ ।’ 

Advertisement

Advertisement