अमेरिकी फोटोग्राफरको फोटोमाथि मलाई पहिला नै शंका लागेको थियो, भन्न मात्रै नसकेको होः चुङ्वा

Advertisement

काठमाडौं । नेपालका चर्चित वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाले अमेरिकी फोटोग्राफरले खिचेको भनिएको हिउँ चितुवाको फोटोमाथि आफूलाई पहिले नं शंका लागेको तर भन्न मात्रै नसकेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अमेरिकी दूतावासले नै फोटो सार्वजनिक गरेको र आफू अन्तर्राष्ट्रियस्तरमा भोलिका दिनमा फोटो खिच्न जानुपर्ने भएकाले फोटो फेक हो भनेर पुुष्टि नगरिकन प्रतिक्रिया दिन नसकेको बताउँदै तर चितुवाको तस्वीर हेर्दा फोटोसप गरेर बनाएको हो भनेर शंका गर्ने प्रशस्त ठाउँ रहेको बताए । 

Advertisement

आफूले पहिले नै हिउँ चितुवाको फोटो खिचेकाले पनि अर्काले खिचेको फोटोमा आलोचना गर्न त्यति राम्रो नहुने सोचेको शेर्पाले बताए । उनले भने, ‘हिउँचितुवाको खुट्टादेखि कालापत्थरसम्मको जमिन नाप्दा पनि नौ–दश मिटर फरक देखिन्छ । हिउँ चितुवा पनि यस्तो हुँदैन् । जमिन पनि अस्वाभाविक देखिन्छ । यो कुरा मैले साथीभाईसँग भनेको पनि थियो । तर कमेन्ट चाहिं केही पनि गरेन् । किनभने अमेरिकी दूतावासले नै विश्वास गरेर तस्वीर राखेको थियो । हामी फोटो खिच्न बाहिर पनि जानुपर्छ । हामीले पनि फोटो खिच्नुपर्छ । फोटो ठिक हो कि होइन् ? हामीले एकअर्काको कमेन्ट गर्नेभन्दा पनि स्वतन्त्र व्यक्ति वा निकायले गर्ने कुरा हो । मलाई भन्न त साथीभाईले कमेन्ट गर भनेको थियो । बोल भनेको त्यति बेलै ।’

सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ रहेको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले पुष्टि गरेको थियो । सो संस्थाले ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको थियो । 

नेपालमा जंगली याक छैन् भन्ने धेरैको विश्वासले असत्य वासित गर्दै जंगकी याकको तस्वीर सार्वजनिक गर्न सफल नेपाली वन्यजस्तु फोटाग्राफर शेर्पाले विश्वका चर्चित वन्यजन्तु आरक्ष र निकुन्जदेखि नेपालका हिमालीदेखि तराईका जंगलहरुमा समेत जंगली जनावर र पंक्षीहरुको तस्वीर र भिडियोहरु खिच्न सफल भएका छन् । 

उनले पावलोव्स्कीको तस्वीर फेक भएकोले यस विषयमा नेपालस्थित अमेरिकी दूतावासले पनि यस विषयमा बोल्नु राम्रो हुने बताए । शेर्पाले फेक तस्वीर सार्वजनिक गरेर पावलोव्स्कीले आफ्नो मुलुकलाई नै बदनाम गरेको बताउँदै गलत काम गर्नेलाई सम्वन्धित संस्थाले कारवाही गर्नसक्ने बताए । 

Advertisement

Advertisement