काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को शनिबार सम्पन्न चौंथो बार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट शेयरधनीलाई रु.९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।
बैंकले आफ्नो चुक्ता पुँजी ३१ अर्ब ६० करोड रुपियाँको चार दशमलव २१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । साथै, सभाले कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।