आज (मंसिर ११)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको ११ गते आइतबार, मंसिर शुक्लपक्षको चतुर्थी तिथि ।

मेष 
कडा शैलीको व्यक्तित्व हुने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

Advertisement

वृष
धैर्य भएर पाईला चाल्नु पर्ने समय रहेको छ । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । भाग्यको साथ रहेकाले प्रतिकुलताबाट निस्कन उर्जा भने मिल्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मिथुन 
भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले खेलेको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय लिने समय देखिँदैन् । चिसोजन्य रोगव्याधीले समात्ने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ ।

Advertisement

कर्कट
शारीरिक कमजोरीले सताउने छ । मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । भाग्यको साथ रहेकाले हानि भइहाल्ने अवस्था छैन्, त्यसैले डराई हाल्नु पर्ने समय रहेको भने छैन् । पेशागत जीवन औसत रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह
रिस धेरै उठ्ने भएकाले यसलाई नियन्त्रण गर्न ध्यान दिनु होला । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । दृढ व्यक्तित्व बन्ने छ । शिक्षा क्षेत्र, बोडिङ्ग तथा कलेज, शिक्षण, अध्यापन आदीमा सहभागिहरुलाई सकारात्मक हुन कठिन देखिन्छ । शेयर बजार मध्यम रहने छ ।

कन्या
पेशागत जीवन औसत रहने छ । मनोबलमा कमजोरी देखा पर्ने भएकाले संयमित रहि पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । पानी, कोल्ड ड्रिङ्स, दुग्ध पदार्थ, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल रहने छैन् । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

तुला
भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । मनमा दुविधाको मात्रा धेरै बढ्न पुग्ने छ । बोलीमा कटुपना देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा स्थिरत रहने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । स्टेसनरी, शिक्षा क्षेत्र, धार्मिक क्षेत्र आदीमा सहभागिहरुलाई अनुकुल रहने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
व्यक्तित्वमा चलाखीपना देखिने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्न थाल्ने छ । पारीवारिक जीवनमा भने द्वन्दको वातावरण सृजना हुन पुग्ने छ । निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा, विषादी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ ।

धनु 
बौद्धिकताको मात्रामा बृद्धि हुने छ । तर अलि अव्यावहारिक जस्तो बानीले गर्दा अरुसँग घुलमिल हुन कठिनाई हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट हुन जाने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उचित हुने देखिन्छ । रोगव्याधीजन्य विषयमा सतर्क रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ ।

मकर 
सितल खालको व्यक्तित्व हुने छ । नरम व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेका लागि समय प्रतिकुल बन्न जाने छ । भाग्यको साथ नरहेकाले कर्मको मात्रा बढाउनु पर्ने देखिन्छ । शेयर बजारबाट सोचे जस्तो फाइदा मिल्ने छैन् ।

कुम्भ 
घर परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा कमि हुने छ । पैतृक सम्पत्तिको प्रयोगका विषयमा परिवारका सदस्यहरुबीच आपसमा कुरा मिल्ने छैन् । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटी क्षेत्र, जलविद्युत क्षेत्रमा संलग्न रहेकाहरुलाई चुनौतिपूर्ण रहने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

मीन
परिवारमा शान्तिपूर्ण वातावरणमा केही खल्बलिने छ । सन्तानबाट हुने सुखमा पनि कम िआउने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । ठेक्कापट्टा, राजनीति, प्रशासन, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)