उच्च अंकले बढ्यो शेयर बजार: दुई अर्ब नाघ्यो कारोबार, हिमालयन डिस्टिलरीको मात्रै ४५ करोड

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज बजार ३२.४३ अंकले बढेको हो । १.६८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६५.९८ अंकमा उक्लिएको छ । 

नेप्से उकालो चढेसँगै कारोबार रकम पनि बढेको छ । आज २३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२.१४ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

आज डिप्रोक्स लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.२१ प्रतिशतले नाफा कमाएका छन् भने एनएनबि हाइब्रिड फण्ड एल–१ का लगानीकर्ताले सबैभन्दा बढी ३.११ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९.८० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । उक्त कम्पनी गत बिहीबार ७० प्रतिशत लाभांश घोषणा गरेको थियो । 

देशको आर्थिक तथा वित्तीय अवस्था सुधारोन्मुख रहेको, निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको र आजै राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेपछि त्यसैको प्रभाव शेयर बजारमा पनि देखा परेको आँकलन गरिएको छ । 

Advertisement

Advertisement