सामाजिक सुरक्षावापत संकलित एक प्रतिशत कर कोषमा ल्याउने तयारी हुँदैछः मन्त्री कुँवर

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा करवापत सरकारले संकलन गर्दै आएको एक प्रतिशत कर कोषमा ल्याउने तयारी भइरहेको खुलासा गरेका छन् । 

आइतबार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यकोषमा रहेको एक प्रतिशत सामाजिक सुरक्षा करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको बताएका हुन् । 

Advertisement

कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताउँदै कुँवरले कोषको दायरा बढाउँदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए । 

सामाजिक सुरक्षामा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा आर्थिक विकासमा सहयोग पुग्ने उनले बताए । कुँवरले कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्न आवश्यक रहेको बताए । 

उनले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताए । ‘कुँवरले दुई तिहाईको सरकार हुँदासमेत स्थिर सरकार बनाउन नसकेकाले सबैले स्थिर सरकार बनाउनको लागि गम्भीर हुन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement