सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक र उद्योगहरुले अलमल गर्नु जरुरी छैन्ः अर्याल

Advertisement

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताएका छन् । 

सामाजिक सुरक्षा दिवसको कार्यक्रममा आइतबारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै पनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताए । अर्यालले अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ, चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको बताए । 

Advertisement

उनले भने, ‘सरकारले कृषकहरुलाई पेन्सन दिने भनेको छ । कृषकहरुलाई पेन्सन दिनसक्ने संस्था भनेको सामाजिक सुरक्षा कोष मात्रै हो । सामाजिक सुरक्षामा आवद्ध हुन धेरै क्षेत्रमा अलमल भएको छ । बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ, चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेका छौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अलमलमा पर्नुपर्ने कारण केही छैन । कुनै पनि देशमा श्रमिकहरु मोटिभेसन भए भने एक वर्षमा ३ प्रतिशत फाइदा हुँदो रहेछ । रोजगारदाताले नाफा कमाउँदै जाने श्रमिकको हीतमा काम नगर्दा देशको अर्थतन्त्रको विकास हुँदैन । सरकारले नियम कानून बनाएर सहुलियत दिने हो । टे«ड युनियन र रोजगारदाताहरुले श्रम ऐनमा भएको व्यवस्था खाल गर्नुपर्छ ।’

अर्यालले रोजगारदाताहरुले श्रमिकहरुलाई प्रोत्साहन गर्नसके वार्षिक रुपमा ३ प्रतिशतले प्रतिष्ठानको नाफा बढ्ने अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको बताए । उनले उद्योगहरुले नाफा कमाउँदै जाने तर श्रमिकको हितमा काम नगर्दा देशको अर्थतन्त्रसमेत विकास हुन नसक्ने दाबी गरे । 
 

Advertisement

Advertisement