दोहोरो अंकले घट्यो शेयर बजार, डेढ अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले ओरालो झर्दा कारोबार रकम पनि घटेको छ । साताको पहिलो दिन हिजो आइतबार भने बजार उच्च अंकले बढ्दा कारोबार रकम पनि दुई अर्ब नाघेको थियो । 

नेप्सेका अनुसार आज बजार १५.६१ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५०.३७ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २३६ कम्पनीका ३७ लाख ६१ हजार २ सय ९९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३.६६ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज खप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.१८ प्रतिशतले नाफा कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ४.५६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन डिस्टिलरीकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ४६ लाख ४२ हजार ७ सय ५.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार ३२.४३ अंकले बढ्दा २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२.१४ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement