आज (मंसिर १३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको १३ गते मंगलबार, मंसिर शुक्लपक्षको षष्ठी तिथि ।

मेष 
पेशा तथा रोजगारी गुमाउनु पर्ने अवस्था निम्तिन सक्छ । रोजगारी तथा पेशामा बाधा अड्चनहरु देखा पर्ने छ । मनमा उदासिनता देखा पर्ने छ । आत्मबलको कमी हुनाले प्रतिकुल समयसँग जुध्न सक्दिन जस्तो लागि रहने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले आवश्यक निर्णय लिन निकै बिलम्ब हुने छ । शेयर बजार औसत रहने छ । 

Advertisement

वृष 
नकारात्मक सोचाई र विचारले घेर्ने भएकाले मनमा सकारात्मक विचारहरुबारे चिन्तन बढाउनु होला । मनोबलमा कमि हुन जाने छ । भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने वा आम्दानी हुने क्षेत्र सकारात्मक बन्न पुग्ने छ । शारीरिक रुपमा कमजोरी हुने छ भने आलस्य लाग्ने छ । शेयर बजार औसत खालको रहने छ ।

मिथुन 
सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । चलाख स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनमा केही अस्वाभाविक समस्याहरु देखा पर्न जाने भएकाले सजग रहनु होला । ब्यवस्थापन, वाणिज्य, पत्रकारिता, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ । 

कर्कट
कमाई गर्नु पर्दछ र आफ्नो सपना पुरा गर्नका लागि जस्तो सुकै जोखिम मोल्न तयार हुने स्वाभाव देखा पर्दछ । बोली नरम हुने छ । यस्तो अवस्थामा ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्तिमा हिंसात्मक समेत बनाउने भएकाले यसबारेमा विचार भने अवश्य पु¥याउनु होला । शेयर बजार सकारात्मक रहने छ ।

सिंह
परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । सन्तान सुखमा कमि आउने छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धी रोगले सताउने छ । शेयर बजार अनुकुल रहने छ । 

कन्या
परिवारको पूर्ण साथका कारण सुख सुविधा प्राप्त हुने छ । मनमा दृढता आउने छ भने शान्ति पनि प्राप्त हुने छ । पैतृक सम्पत्ति आफू अनुकुल परिचालनको अवसर प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्या आउने छ । दृढ खाले ब्यक्तित्व भएता पनि रिस अति धेरै उठ्ने भएकाले घमण्डि जस्तो ब्यक्तित्व हुन जाने भएकाले विचार गर्नु होला । राजनीतिक जीवनमा रहेकाहरुलाई समय अशुभ छ । शेयर बजार सकारात्मक रहने छैन् ।

तुला 
पेशागत जीवन सामान्य र ठिक नै रहेता पनि अपेक्षाकृत प्रगति भने देखिने छैन् । एकपछि अर्काे गरि आउने विचारहरुले निर्णय क्षमतामा गिरावट ल्याउने छ । बोलीमा कडापन आउने भएकाले परिवारमा कटुताको वातावरण बन्न जाने भएकाले सतर्क रहनु होला । किराना पसल, आयात निर्यात, लेखा पेशा, घर घडेरीको कारोवार जस्ता क्षेत्रमा आबद्धलाई समय प्रतिकुल देखिन्छ । शेयर बजारमा सचेत रहनु पर्ने छ । 

वृश्चिक
साहसिक ब्यक्तित्व बन्ने छ । दृढतामा बृद्धि हुने छ तर बोलीमा अत्याधिक रुखोपन हुने भएकाले यसबारेमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा सतर्कताको आवश्यकता छ, खासगरी जीवनसाथिबाट बढि दबाब महशुस हुने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन अनुकुल रहने छ । फलाम, सिमेण्ट, डण्डि, हार्डवेयर, रंगको ब्यापार, उद्योग कलकारखाना, सामान ढुवानी गर्ने गाडि, औषधी जस्तो क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ । शेयर बजार फाइदादायी हिुने छ । 

धनु 
भाग्यको साथ कम रहेकाले मेहनत धेरै तर ढिला प्रतिफल प्राप्त हुने छ । मनमा दृढताको कमि हुने हुँदा दुविधात्मक ब्यक्तित्व बन्न जाने छ । मेहनत र पराक्रमी भावमा बढोत्तरी हुने छ । आम्दानीमा हुने थोरै बृद्धिले राहत प्रदान गर्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, लेखन, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर बजार सकारात्मक दिशामा रहने छ । 

मकर 
आम्दानीमा हुने बृद्धिले मनमा केही सन्तोष दिने भएता पनि अधिकांश प्रतिशत मनमा उदासिनता आउने छ । ज्ञान, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ । चिसो लाग्ने भएकाले चिसोबाट बच्नु होला् । साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले द्वन्द आउने र फुटसम्म लैजाने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कुम्भ 
प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । दृढ स्वाभाव हुने भएकाले कसैले पनि हेप्न सक्ने छैन् । तर अलि क्रुरताको मात्रा बढ्न जाने भएकाले यसबारेमा विचार गर्नु होला । न्यायलय, सेवाका क्षेत्रहरु, श्रम क्षेत्र, आयात निर्यात, पानी, दुध, कोल्ड ड्रिङ्स आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय छ । शेयर बजार औसत रहने छ ।

मीन
भाग्यको साथ रहेकाले प्रतिकुल अवस्थामा पनि टिकिरहन ठुलो उर्जा प्राप्त हुने छ । कुरा काट्नेहरु धेरै हुने छन् भने पेशागत जीवनमा चुक्लि लगाउनेहरु धेरै हुने भएकाले सतर्क रहनु होला । पारीवारिक सदस्यहरुको सहयोगबाट केही राहत मिल्ने छ । शेयर बजार सकारात्मक रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement