अमेरिकामा फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी नै होः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी डिजाइनमा आएको संकेत गरेका छन् । 

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा मंगलबार उनले अमेरिकाको एउटा पार्टीको चुनाव चिन्ह पनि घण्टी नै भएको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसैको नक्कल भएको संकेत गरेका हुन्  । 

Advertisement

स्वतन्त्र पार्टीले अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको आएको टिप्पणी गर्दै ओलीले भने, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो ? केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

Advertisement

Advertisement