आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागलगायत विभिन्न निकाय र जिम्मेवारीमा रहेका उनी विभागको महानिर्देशक नियुक्त भएका हुन् । 

मैनालीले आफू नियुक्त भएको पत्र पाएको र बुधबारदेखि काम सुरु गर्ने बताए । यसअघि महानिर्देशक रहेका रितेश शाक्य अर्थमन्त्रालयमा फिर्ता भएका छन् । भ्याट बिल छानविन प्रकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै भेहिकल ट्रयाकिङ सिस्टमको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका उनी आँटिला र निष्कलंक प्रशासकको रुपमा चिनिन्छन् । 

Advertisement

Advertisement

Advertisement