‘माउन्टेन फ्लाइट’मा जाने पर्यटक ९९ प्रतिशत विदेशी, नेपालीको पनि आकर्षण बढ्दै

Advertisement

काठमाडौं । कोरोना महामारीपछि पर्यटन भित्रिने क्रम बढेको छ । पछिल्लो माउन्टेन फ्लाइट (पर्वतीय उडान)का लागि मात्रै पनि विदेशी पर्यटकहरु नेपाल आउने गरेको हेली एभरेष्टका मार्केटिङ प्रमुख सीताराम सापकोटाले बताए । 

उनका अनुसार विदेशी पर्यटक मात्र नभएर आन्तरिक पर्यटकहरु माउन्टेन फ्लाइटमा आकर्षिक हुने क्रम बढ्दो छ । पहिला मौसम राम्रो हुँदा गोसाइकुण्ड, मुक्तिनाथ मात्र पर्यटकहरु जाने गरे पनि अहिले हिमाली दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा जाने नेपालीहरुको संख्या उल्लेख्य वृद्धि भएको सापकोटाले बताए । 

Advertisement

उनी भन्छन्, ‘विदेशी पर्यटकहरुलाई सगरमाथा हेर्ने इच्छा छ र समय पनि धेरै छैन् भने आएर एक–दुई दिनको कार्यक्रम बनाएर माउन्टेन फ्लाइट गर्ने गर्ने गर्छन् । पहिला एभरेस्ट टे«किङ गर्न आएका कतिपय पर्यटक  माउन्टेन फ्लाइटबाट आफूले टे«क गरेको ठाउँ कस्तो रहेछ ? भनेर हेर्न आउँछन् ।’

सिजनमा आफूहरुले पर्यटकहरुले चाहेको जति हेलिकप्टर दिन नसक्ने अवस्था रहेको सापकोटाले बताए । उनले सिर्जनमा माउन्टेन फ्लाइट गर्दा ३ देखि ४ घन्टा होल्ड हुने बताउँदै थपे, ‘सिर्जनमा एक्सपेडिशनको मुभमेन्ट धेरै हुन्छ जसका कारण एक्सपेडिशन गर्न आएका पर्यटकलाई पिकअप–ड्रप गर्नुपर्ने, लजिस्टिक सपोर्ट पुर्याउनुपर्ने, उद्दार गर्नुपर्ने लगायतका कारणले माउन्टेन फ्लाइटका पर्यटकहरुलाई चाहेको जति सेवा दिन सक्दैनौं ।’

सिजनमा दिनमा दुई वटा माउन्टेन फ्लाइट गर्ने गरेको बताउँदै सापकोटाले माउन्टेन फ्लाइट गर्ने ९९ प्रतिशत विदेशी पर्यटक नै हुने बताए । एक प्रतिशत नेपालीले माउन्टेन फ्लाइट गर्नु पनि ठूलो कुरा भएको उनको तर्क छ । ‘अहिले नेपाली पर्यटकहरुमा ‘हाम्रो देशमा यति सुन्दर ठाउँहरु छ । किन नघुम्ने ?’ भन्ने भएको छ’ सापकोटाले भने । 

उनका अनुसार माउन्टेन फ्लाइट गर्न पर्यटकहरु एभरेस्ट आधार शिविर, कालापाथर, लाङटाङ, मार्दी हिमाल जाने गर्छन । कोरोना महामारीअघि माउन्टेन फ्लाइटको लागि लोकप्रिय ठाउँ भनेको अन्नपूर्ण आधार शिविर थियो भन्दै सापकोटाले भने, ‘अन्नपूर्ण आधार शिविर जाने विदेशी तथा आन्तरिक पर्यटकको धेरै भिड हुन्थ्यो । कोरोना महामारीदेखि जान बन्द गरियो । अहिले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर ल्यान्ड गर्न दिँदैन् । त्यही कारण अहिले पर्यटक म्याग्दी हिमाल जान्छन् ।’ 

पहिला जस्तो बन्द हडताल भएन भने नेपालको पर्यटन क्षेत्रले धेरै फड्को मार्ने सापकोटाको भनाई छ । हाल नेपालमा ३२ वटा हेलिकप्टर सञ्चालनमा छन् ।

Advertisement

Advertisement