धुवाँ निस्किएको संकेतपछि बैंकक उडेको निगमको जहाज बंगलादेशमा आकस्मिक अवतरण

Advertisement

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बैंककका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरो बडी जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेतपछि बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

बुधबार साँझ बैंककका लागि उडेको उक्त जहाज बंगलादेश ओलिएको निगम स्रोतले बतायो । कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ति ककपिटमा देखिएपछि चालक दलले जहाजलाई डाइभर्ट गरेर चटगाउ विमानस्थलमा ओरालेको थियो । 

Advertisement

अहिले जहाजको प्राविधिक जाँच भइरहेको निगमको भनाई छ । 

Advertisement

Advertisement