एनसीसी र कुमारी जनवरी १ बाट एकीकृत कारोबार शुरु गर्ने तयारीमा

Advertisement

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक आउँदो जनवरी १ (पुस १७)बाट एकीकृत कारोबार गर्ने तयारीमा जुटेका छन् । कुमारी बैंक स्रोतले अर्को महिनाबाट एकीकृत कारोबार गर्ने तयारी भइरहेको बतायो । 

एकीकृत बैंकको नाम कुमारी नै रहने र सीईओ एनसीसी बैंकका हालका सीईओ रमेश अर्यात हुने यसअघि नै टुंगो लागिसकेको छ । कुमारी बैंकका हालका सीईओ रामचन्द्र खनाल एकीकृत बैंकको डेपुटी सीईओ हुनेछन् । 

Advertisement

कुमारी बैंकको कर्पोरेट अफिस रहेको ठाउँमा नै एकीकृत बैंकको कार्यालय रहने जनाइएको छ । बागबजारस्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको ठाउँ मुख्य शाखाको रुपमा रहने छ । 

बाणिज्य बैंकहरुको संख्या घटाउँदै लैजाने नेपाल राष्ट्र बैंकको नीतिअनुसार कुमारी र एनसीसी मर्जरमा जान लागेका हुन् । यही बेलामा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक तथा सेन्चुरी बैंक र प्रभु बैंक पनि मर्जरको प्रक्रियामा रहेका छन् । 

Advertisement

Advertisement